• फाल्गुन २४ २०८२, आईतवार

रामकुमारी झाँक्रीलाई प्रहरीले सोधपुछका लागि बोलायो

माघ २९ २०७७, बिहीबार

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी( नेकपा) दाहाल -नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई सोधपुछका लागि प्रहरीले बोलाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले सोधपुछका लागि नेतृ झाँक्रीलाई बोलाएको हो ।

यसअघि झाँक्रीले गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपति भण्डारीले सक्रिय राजनीति गरेको भन्दै आलोचना गरेकी थिइन्।

ओली पक्षको अखिल नेपाल महिला संघ (अनेमसंघ) ले झाँक्रीलाई कारबाही गर्न माग गर्दै गत साता गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र नै बुझाएको थियो ।