दि आर्ट अफ लिभिङ्ग नेपालले माघ २८ गतेदेखि फागुन १ गतेसम्म नेपालभरी नै एकैचोटी हयाप्पिनेस महोत्सव (अनलाइन ह्यप्पिनेस प्रोग्राम) सञ्चालन गरिरहेको छ ।
कार्यक्रममा नेपाल भरी छरिएर रहेका स्वयंसेवक तथा शिक्षकहरु अनलाइन प्ल्याट्फर्म जुममा आएर यो कार्यक्रममा सहभागी हुनेछन् । कार्यक्रम भएको चारदिनको अन्तरालमा यसै संस्थाका संस्थापक श्री श्री रविशंकर जिको पनि उपस्थिति रहने छ ।
४ दिने अनलाइन कार्यक्रममा गराइने अभ्यासहरुः
१.जीवनमा दिनहुँ आइपर्ने समस्यासँग लड्नको लागि चाहिने व्यवहारिक ज्ञान ।
२.संवादात्मक अभ्यास
३.योगासन अनि विश्रामदायक शारीरिक व्यायाम ।
४.ध्यान अनि प्रभावशाली श्वासप्रश्वास प्रकृया (सुदर्शन क्रिया)
४ दिने अनलाइन कार्यक्रमका फाइदाहरुः
१.आन्तरिक अनि बाहिरी व्यक्तित्व विकास
२.तनावमा कमि
३.आनन्द अनि उत्साहको विकास
४. कार्यकुशलमा अनि उत्पादकता
५. निर्णय लिन सक्ने क्षमतामा विकास
६.सम्बन्ध उत्तम तरिकाले अगाडी बडाउन सक्ने क्षमतामा विकास ।
कार्यक्रमका सहभागीहरुले यसका साथै थुप्रै लाभहरु उठाउन सक्नेछन ।
यस ह्यप्पिनेस महोत्सव (अनलाइन ह्यप्पिनेस प्रोग्राम) मा सहभागी हुन तल उल्लेख गरिएको कुनै पनि नम्बरमा सम्पर्क गर्न सक्नुहुने छ ।
९८१०५५३७५७, ९८६०६७७३९३, ९८१०३८२४२५