• मंसिर ११ २०८१, मंगलवार

खाना पकाउने ग्यास र पट्रोलियम पदार्थको मूल्य बढ्यो

माघ २८ २०७७, बुधबार

काठमाडौं, सरकारले खाना पकाउने ग्यास र पट्रोलियम पदार्थको मूल्य बढाएको छ । खाना पकाउने ग्याँसकाे भाउ एक वर्षपछि बढेकाे हाे ।

बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल र मट्टतिेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर २ रुपैयाँले वृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ ।

आयोगका अनुसार अब काठमाडौंमा पेट्रोलको मूल्य ११२ र डिजेल तथ मटितेलको ९५ रुपैयाँ पुगेको छ । एलपी ग्यासको मूल्य पनि अब बढेर प्रति सिलिन्डर १४ सय रुपैयाँ पुगेको छ । निगमले सिलिन्डरमा २५ रुपैयाँ मूल्य बढाएको हो ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायले हवाई इन्धनको मूल्य हाललाई यथावत नै राखिएको जानकारी दिएका छन् । निगमलाई अझै पेट्रोलमा प्रति लिटर ५.१६ रुपैयाँ, डिजेलमा प्रतिलिटर ३.०१ रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिन्डर २९५.८३ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ ।