• मंसिर १२ २०८१, बुधबार

सर्वोच्च अदालतको निर्णयलाई सबैले मान्नुपर्छ : तिमिल्सिना

माघ २८ २०७७, बुधबार

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद विघटनका बारेमा अहिले सर्वोच्च अदालतमा बहस भैरहेकाले बोल्नु उचित नहुने बताएका छन् । सर्वोच्च अदालतको निर्णय नै अन्तिम हुने भन्दै उनले अदालतको निर्णय सबैले मान्नु पर्ने बताएका हुन् ।

अध्यक्ष तिमिल्सिनाले संविधानले सवै अधिकार नागरिकलाई दिएकाले यसको रक्षा र संविधानले दिएका अधिकारहरुको उपभोगका लागि सबै सचेत हुनुपर्नेमा जोड दिए । पर्वतको महाशीला गाउँपालिकामा आयोजित पोखरा-पामे-रिडी राष्ट्रिय राजमार्ग अन्तर्गत मिलनचोक-सुभद्रखर्क खण्डको शिलान्यास गर्दै उनले पर्वतका वडा तहसम्म कालोपत्रे बाटो पु¥याउनेगरी काम भैरहेको पनि बताए।

अहिलेपनि जिल्लाका सवै स्थानीय तहमा सडक लगायतका पूर्वाधारको काम तीब्र गतिमा भैरहेको भन्दै तिमिल्सिनाले अबको दुई वर्षभित्रमा वडा तहसम्म पनि कालोपत्रे सडकको पहुँच पुग्ने बताए।