• मंसिर १२ २०८१, बुधबार

पार्टीमा अल्पमतमा रहेका ओलीले निर्वाचन आयोगलाई धम्क्याएका छन्ः माधव नेपाल

माघ २८ २०७७, बुधबार

काठमाडौं । विभाजित नेकपा अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको कार्यकालमा  ७,१७० चेली बलात्कृत भएका बताएका छन् । ओलीको शासनकालमा भएका यस्ता अपराधलाई कतिलाई कारबाही गर्यौ भन्दै प्रश्न पनि गरे । उनले आज काठमाडौंमा भएको विरोध सभालाई प्रमुख अतिथिको तर्फबाट सम्बोधन गर्नै यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले संसद भंग गरेपछि उनकै पार्टीको दाहाल नेपाल समूह लगायत धेरै पार्टीहरु उनको कदमका विरुद्धमा आन्दोलनमा उत्रिएका छन् । आजको सभालाई सम्बोधन गर्दै नेता नेपालले बलात्कृत चेलीको आत्माले ओलीलाई धिक्कार्ने बताए । उनले ओलीको पाप केहीले पनि पखाल्न नसक्ने बताए ।

ओली पक्षले २३ गते गरेको सभाको प्रसंगमा उनले ओलीले भाडामा मान्छे ल्याएर सभा गरेको आरोप पनि लगाए । अधिनायकवादमा विश्वास गर्ने ओलीले भाडामा ल्याएका मान्छे देखेर निरास भएको पनि उनको भनाइ रहेको थियो । पार्टीमा अल्पमतमा रहेका ओलीले आधिकारीकताका लागि निर्वाचन आयोगलाई धम्क्याएको आरोप लगाए । कसैले देवस् वा नदेवस् ओलीले आफैले आफूलाई पार्टी अध्यक्ष दावी गरेको बताए ।