• मंसिर १२ २०८१, बुधबार

यो आवाज सुनिएन भने ०६२/६३ को जनआन्दोलन दोहरिन्छ : नेता खनाल

माघ २८ २०७७, बुधबार

सचेत लाखौं नेपाली जनता उपस्थित भएको विरोध सभाको आवाज सुनिएन भने यसले विकराल रुप धारण गर्ने र त्यो २०६२/६३को जनआन्दोलनमा परिणत हुने भन्दै नेता झलनाथ खनालले प्रम केपी ओलीलाई समय छँदै विवेक पुर्याएर सोच्न र निरंकुश कदमबाट पछि हट्न चुनौतिपूर्ण सुझाव दिएका छन् ।

आधिकारिक पार्टी नै असंवैधानिक तथा निरंकुश कदमविरुद्ध सडकमा उत्रिरहेका बेला निर्वाचन आयोगमा धाएर ओलीले थप नौटंकी देखाइरहेको भन्दै नेता खनालले यति ठूलो जनसभा भैरहँदा के निर्वाचनमा गए पनि ओलीले दुईतिहाई ल्याउलान् त भनी प्रश्न गरे । उनले थपे– ओलीलाई पशुपतिनाथको मात्र विश्वास र भरोसा रहेकाले जनता र भविष्यमा कुनै विश्वासै छैन ।

आफूहरु लोकतन्त्र, संघीयता र गणतन्त्रका लागि लडिरहेको भन्दै नेता खनालले जनताका निर्वाचित प्रतिनिधिमार्फत् निर्माण गरिएको संविधान केपी ओलीले भत्काएकाले सोको पुनस्र्थापनाका लागि आफूहरु जीवनमरणको संघर्षमा अघि बढिरहेको बताए ।