काठमाडौँ। केपी ओलीको निरंकुश कदमसँगै फेरि महेन्द्रहरु जन्मन सक्ने भएकाले राज्यको लोकतान्त्रिकरणको प्रक्रियालाई संघर्षमार्फत् अघि बढाउनु पर्ने आजको आवश्यकता भएको प्रचण्ड–माधव पक्षीय नेता जनार्दन शर्माले बताएका छन् । माघ २८ मा काठमाडौको भृकुटीमण्डपमा आयोजित विरोध सभालाई संबोधन गर्ने क्रममा उनले उक्त कुरा बताएका हुन् ।
संघीयता, समानुपातिकता र धर्मनिरपेक्षतमाथि प्रहार गर्न र संविधान कुल्चन यी सबै हर्कत ओलीले गरेकाले संरचनाविना देश बन्न नसक्ने भन्दै यसको रक्षार्थ आफूहरु सडकमा आएको खुलासा गरे ।
यदि ओलीको रबैया यसै रहिरहने हो भने परिवर्तनकारी शक्तिहरु एक ठाउँमा आएर विसाल जनआन्दोलन खडा गरिनु पर्ने भन्दै शर्माले सरकारमा बसेर मनपरि गर्नेलाई छाडिन नहुने बताए ।
केपी ओलीले आफूमा असीमित अधिकार थोपर्दै लगी यो अवस्था सिर्जना गरेको भन्दै शर्माले ओलीलाई सत्ताच्युत गर्नुको विकल्प नरहेको कुरामा जोड दिए ।