काठमाडौं । नेकपाका स्थायी समिति सदस्य देव गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गरेर प्रतिगमनको बाटो समाएको बताएका छन् । उनले ओलीले संसद भंग गरेर कोमामा पुर्याएको दावी गरे । उनले गरेको नियुक्ति पनि असंवैधानिक भएको पनि बताए । नेकपाले आज काठमाडौंमा गरेको प्रतिगमन विरुद्धको सभालाई सम्बोधन गर्दै उनले यस्तो बताए हुन् ।
उनले लोकतन्त्र मिचेर ओलीले मनपरीतन्त्र चलाएको आरोप पनि लगाए । उनले लोकतन्त्र बचाउनका लागि फेरि एकजुट हुनु पर्ने बताए । गुरुङले संविधान नै देशको खम्बा भएको भन्दै प्रतिगमनका विरुद्ध एकचोटी सडकमा आउनै पर्ने बताए ।