• मंसिर १२ २०८१, बुधबार

ओली बालकोट गएर विश्राम गरे हुन्छ : अमृता थापा मगर

माघ २८ २०७७, बुधबार

काठमाडौं । नेतृ अमृता थापा मगरले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा कुनै पनि काम सफलतापूर्वक सम्पन्न गर्न नसकेका र सधैभरि विरामी मात्र हुने गरेकाले अबका दिनमा उनी बालकोट गएर आराम गर्नु सबैभन्दा उत्तम हुने सुझाब दिएकी छन् । काठमाडौंको भृकुटीमण्डपमा आयोजित विरोध सभालाई सम्बोधन गर्ने क्रममा नेतृ थापाले उक्त कुरा बताएकी हुन् ।

संसदमा रहेका संसदीय समितिहरुको वैठकका कुरा एकपटक पनि नसुन्ने ओलीले दरवारका अगाडि मञ्च सजाएर रोदन गर्नुको कुनै पनि अर्थ नहुने बताइन् । नेतृ थापाले सम्बोधनको क्रममा प्रतिगमन नसच्चिएसम्म आफूहरु हातमा डाडु र पन्यु लिएर विरोध प्रदर्शनमा उत्रिइरहने अठोट व्यक्त गरिन् ।

उनले आफूहरु र नेपाली जनता ठूलो त्याग र बलिदानपूर्ण संघर्ष गरेर आजको अवस्थामा आइपुगेकाले कुनै पनि निरंकुशताविरुद्ध नझुक्ने भन्दै बादशाहलाई पल्टाएका महिलाले तानाशाह पल्टाउन कुनै आइतवार कुर्नु नपर्ने बताइन् ।