काठमाडौं । प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनको विरोधमा आन्दोलनरत नेकपा प्रचण्डमाधव समूहले आज काठमाडौंमा विरोधसभा गर्दैछ ।
भृकुटीमण्डपमा हुने विरोधसभालाई अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । विरोधसभा अघि पुल्चोक, माइतीघर मण्डला, केशरमहल, त्रिपुरेश्वर र जमलबाट जुलुस निस्किने छन् ।
ती जुलुसको शीर्ष नेताहरुले नेतृत्व गर्नेछन् । मुख्य र्याली भने सुनधाराबाट सुरु हुनेछ । भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुने जुलुसको नेतृत्व गर्न प्रचण्ड(माधवले गर्नेछन् । विरोधसभामा सहभागी गराउन विभिन्न जिल्लाबाट कार्यकर्ताहरुलाई काठमाडौं ओसारिएको छ ।
विरोधसभामा दुई लाख कार्यकर्तालाई उतार्ने दाबी सो समूहले गरेको छ । संसद विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन गरिरहेको यो समूहले आजको जनप्रदर्शन निर्णायक हुने दाबीसमेत गरेको छ ।
शक्ति प्रदर्शनको पूर्वसन्ध्यामा स्वयंसेवकहरुले काठमाडौंमा मार्चपास गरेका थिए । यसअघि प्रचण्डमाधव समूहले पुस १४ र माघ ९ मा पनि काठमाडौं जनप्रदर्शनसहित विरोधसभा गरेको थियो ।