• मंसिर १२ २०८१, बुधबार

देश अकल्पनीय खतराको मुखमा पुग्यो : घनश्याम भुसाल

माघ २७ २०७७, मंगलवार

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहका नेता घनश्याम भुसालले संसद् विघटनले मुलुकलाई अस्थिरतामा लगेको बताएका छन् ।

नेकपा जिल्ला कमिटी बागलुङमा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता भुसालले पार्टी एकता गर्दा गरेका सम्झौता तोडिएका कारण राजनीतिक अवस्था बिग्रदै गएको जनाउँदै देश अकल्पनीय खतराको मुखमा पुगेको जनाएका हुन् ।

पूर्वकृषिमन्त्रीसमेत रहेका नेता भुसालले जनताले धेरै दुःख गरेर निर्माण गरेको संविधान घायल भएको टिप्पणी गरे । उनले आफू कृषिमन्त्री हुँदा सकारात्मक काम गर्न थालेको तर पूरा गर्न नसकिएको बताए ।