• बैशाख १३ २०८२, शनिबार

माघ ३० गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

माघ २७ २०७७, मंगलवार

काठमाडौं । सरकारले यही माघ ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद बैठकले सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सोनाम ल्होछारलाई नयाँ वर्षको रुपमा तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले मनाउने गर्दछन् ।

यसअघि २०५१ सालदेखि ल्होछारको अवसरमा दिइएको बिदा सरकारले ३ वर्ष अघि कटौती गरेको थिए ।

उक्त समुदायले पटक-पटक बिदाको माग गरेपछि सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सोनाम ल्होछारको अवसरमा देशभर सार्वजानिक बिदा दिने निर्णय गरेको हो।