• बैशाख १३ २०८२, शनिबार

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

माघ २७ २०७७, मंगलवार

काठमाडौँ। सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ।

सोमबार बसेको मन्त्रीपरिषद बैठकले प्राधिकरणमा निमित्त कार्यकारी निर्देशक रहेका शाक्यलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिने निर्णय गरेको हो।

यसअघि प्राधिकारणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ थिए।

उनको कार्यकाल सकिएपछि शाक्यलाई निमित्त कार्यकारी निर्देशक तोकिएको थियो।