• मंसिर ११ २०८१, मंगलवार

अनमोलका डुप्लिकेट अभिषेक फिल्म खेल्दै 

माघ २६ २०७७, सोमबार

काठमाडौं । अभिनेता अनमोल केसीको डुप्लिकेट भनेर मिडियामा चर्चित बनेका मोडल अभिषेक श्रेष्ठ फिल्म खेल्दै छन् ।

फिल्म ‘चुरीफुरी’मा नायकका रुपमा अभिनय गर्दै अभिषेक दर्शकमाझ आउने भएका हुन् ।

ऋषिराज आचार्यको लेखन, निर्माण र निर्देशनमा बनिरहेको फिल्म ‘चुरीफुरी’मा अभिषेकसँगै पूजा पन्त, सोना बज्राचार्य, रिन्जिन गुरुङ र राजीवजंग बस्नेत कलाकारका रुपमा फाइनल भएका हुन् ।

कमेडी फ्लेभरमा निर्माण भइरहेको फिल्ममा यसअघि नै रवीन्द्र झा, शिशिर भण्डारी, दीपक आचार्य ‘काकु’, सुबोध गौतम ‘एदुमे’, पवन खतिवडा ‘म्याकुरी’, सुरवीर पण्डित, सुनीता श्रेष्ठ, ऋतु आचार्य, लक्ष्मी ढकाल, राजेन्द्र खाती, मनिल तामाङ, महेश्वर आचार्य, कमल सिंह, अस्मिता बस्नेत, तुलसी श्रेष्ठ, रश्मी आचार्य, सरिस्मा मगरलगायत अनुबन्धित भइसकेका छन् ।