• मंसिर १२ २०८१, बुधबार

प्रधानमन्त्री ओलीले छापामार शैलीमा सत्ता कब्जा गर्न खोजेको योगेश भट्टराईको आरोप

माघ २६ २०७७, सोमबार

काठमाडौं । नेकपा (दाहाल–नेपाल समूह)का नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले छापामार शैलीमा सत्ता कब्जा गर्न खोजेको आरोप लगाएका छन् ।

सोमबार नेकपा ताप्लेजुङ-काठमाडौं सम्पर्क मञ्‍चको भेलामा भट्टराईले प्रतिनिधि सभा विघटन गरेर छापामार शैलीमा सत्ता कब्जा गर्न खोजेको जनाउदै आफूहरूले अहिलेसम्म भएका विभिन्‍न आन्दोलनको उपलव्धी रक्षा गर्न र सत्ता कब्जा गर्न नदिन आन्दोलन गरिरहेको बताए । यो आन्दोलन पदका लागि नभइ विचार र सिंद्धान्तका लागि भएको बताए ।

त्यस्तै उनले प्रतिनिधि सभा विघटन गर्ने असंवैधानिक कदमको अगुवाइ केपी शर्मा ओलीले गर्नु दुःखद भएको बताए । माघ २८ गते हुने जनसभामा अहिलेसम्मकै धेरै सहभागीता हुने दाबी गरे । कार्यक्रममा ताप्लेजुङ-काठमाडौं सम्पर्क मञ्‍चका पदाधिकारीलाई सपथ ग्रहण गराइएको थियो ।