काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकाल सोमबार दिल्ली प्रस्थान गरेका छन् । ढकाल भारतीय सांसदहरुको निमन्त्रणमा तीन दिने भारत भ्रमणमा दिल्ली गएका हुन् । त्यहाँ रहदाँ उनले भारतीय जनता पार्टीका नेताहरु तथा सरकारका उच्च पदस्थ अधिकारीहरुलाई भेट्ने कार्यक्रम रहेको भ्रमण दलमा सहभागि दलका प्रवक्ता सन्तोष कुमार पौडेलले जानकारी दिए ।
अन्तर्राष्ट्रिय सांसदहरुको मञ्चको एशिया प्रशान्त क्षेत्रका संयोजक समेत रहेका ढकालले भविष्यमा हुन सक्ने राजनीतिक परिर्वतनको आँकलन गरी वर्तमानमा नै दूरदर्शी निर्णय गर्न देशका सबै जिम्मेवार राजनीतिक दल तथा नेतृत्वलाई आग्रह गर्दै आएका छन् । प्रतिनिधि सभा विघटनको विषयमा देशका राजनैतिक दलहरु तथा नागरिकहरुका बीच तिब्र ध्रुविकरण भई सरकारको समर्थन र विरोधमा व्यापक प्रदर्शन भइरहेको बेला अध्यक्ष ढकालको भारत भ्रमणलाई मह्त्वको साथ हेरिएको छ ।
२ वर्षअघि नेपालमा भएको एसिया प्यासिफीक फेडरेसनको आयोजनामा प्रधानमन्त्री केपी ओली, नेकपाका नेता माधव नेपाल, पुष्पकमल दाहाल, केपी शर्मा ओली लगायतका नेताहरुलाई होली वाइन खुवाउने कार्यमा उनको प्रमुख हात रहेको समाचार आएको थियो ।