• मंसिर १२ २०८१, बुधबार

संसद विघटन विरुद्ध सहिद वेपत्ता परिवारको प्रदर्शन

माघ २६ २०७७, सोमबार

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटनको कदम विरुद्ध सहिद तथा वेपत्ता य‍ोद्धा परिवारले प्रदर्शन गरेका छन् । सोमबार राजधानीको बबरमहलवाट शुरु भएको जुलुस नयाँ बानेश्वरमा पुगेर सभामा परिणत भएको थियोे ।

विरोध सभामा नेकपा स्थायी कमिटी सदस्य शक्तिवहादुर बस्नेतले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमले सहिद तथा वेपत्ता योद्धाको सपनामाथि वज्रप्रहार भएको बताए । बस्नेतले सहिदका सपना पूरा गर्न हरहालतमा प्रतिनिधिसभा पुन:स्थापना हुनुपर्ने बताए । कार्यक्रममा नेकपा नेता जगन्नाथ खतिवडाले सहिदका सपना अझै पूरा हुन बाँकी नै रहेकाले आन्दोलन जारी राख्नुपर्ने वताए ।

कार्यक्रममा सहिद तथा वेपत्ता परिवारका सदस्य समेत रहेका नेकपा नेताहरु हरि दाहाल , युवराज चौलागाईं , सुरेन्द्र बस्नेत , प्रमोद पौडेल लगायतले जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्न र वेपत्ता योद्धाहरुलाई तत्काल सार्वजनिक गर्न माग गरे ।