गोरखा । श्री चन्द्रोदय टोलविकास संस्थाको साधारण सभा सम्पन्न भएको छ । अध्यक्ष नरहरी ज्ञवालीको अध्यक्षतामा भएको साधारण सभा गोरखा नगरपालिका वडा नं ७ का अध्यक्ष विष्णुप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । सभामा संस्थाका सचिव सुमन ज्ञवाली र कोषाध्यक्ष मनोहरी ज्ञवालीले सचिव र कोषाध्यक्षको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका सदस्य कृष्णबहादुर रानामगरलाई समाजमा उत्कृष्ट कार्य गरेवापत नगद २५,००। सहित सम्मान गरिएको थियो ।
साथै गत वर्ष सडक निर्माणको लागि आर्थिक सहयोग गर्नुहुने स्थानीय सदस्य हाल भक्तपुर निवासी निर्मल ज्ञवालीको तर्फबाट रू २०,०००। तथा ठूलो सामुदायिक वन उपभोक्ता समितिवाट रू २०,०००। सहयोग उपलब्ध गराएकोमा धन्यवाद पनि व्यक्त गरियो । श्री चन्द्रोदय टोलविकास संस्थाको तर्फबाट स्थनीय विकासको लागि नयाँ कार्यक्रम, वनभोज क्षेत्र विकास र दक्षिणकाली मन्दिर निर्माणका लागि तेजबहादुर रोकाले मन्दिर निर्माणका लागि रू २,००,०००। बराबरको ४ आना जग्गा उपलब्ध गराए ।
हाल अमेरिका निवासी भरतसिंह पेलाको तर्फबाट मन्दिरको जग लगाउन रू ५०,०००। आर्थिक सहयोग, हाल जापान निवासी नानिमाया थापा मगरद्वारा रू २,५०,०००। बराबरको पाटी निर्माण सहयोग, गोनपा-७ का वडाअध्यक्ष विष्णुप्रसाद श्रेष्ठद्वारा रू २०,०००। बराबरको १० घण्टा डोजर लगाई जग्गा सम्याउन लगाइएको छ ।
शनिबार सम्पन्न अधिवेशनवाट नयाँ कार्य समितिमा अध्यक्ष विजय ज्ञवाली, उपाध्यक्ष संगिता मजकोटी, सचिव सुमन ज्ञवाली, सचिव गणेश रानामगर, कोषाध्यक्षमा नरहरी ज्ञवाली सदस्मा पवित्रा बयलकोटी सदस्य चयन भएका छन् । नवनिर्वाचित पदाधिकारीहरूलाई वडाअध्यक्ष विष्णुप्रसाद श्रेष्ठ र नारायण रानमगरले पद तथा गोपनियताको सपथ खुवाएका थिए । कार्यक्रममा नव निर्वाचित अध्यक्ष विजय ज्ञवालीले भावि विकासका कार्यक्रम बारे प्रतिवद्धता मन्तव्य राखेका थिए ।