२५ माघ, काठमाडौं । नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय डिनको कार्यालय तोडफोड गरेको छ ।
नेविसंघको एक समूहले आइतबार (आज) दिउँसो ४ बजे एक्कासी डिनको कार्यालयमा प्रवेश गरी तोडफोड गरेको शिक्षाशास्त्र संकाय डिनको कार्यालयले जनाएको छ ।
उक्त संकायका १५ वटा विभागको विषय समिति अध्यक्ष नियुक्तिको विषयलाई लिएर नेविसंघको एक समूहले तोडफेड गरेको हो ।
त्रिविको नियमअनुसार जेष्ठताको आधारमा विषय समितिको अध्यक्ष नियुक्ति गर्ने भनिएता पनि नेविसंघको एक समूहले आफू निकटका प्राध्यापक नियुक्त नगरेको भन्दै डिनको कार्यालय तोडफेड गरेको त्रिविले जनाएको छ ।