• बैशाख १२ २०८२, शुक्रबार

आदिवासी जनजाति आयोगको विधिवत रुपमा कार्य थालनी सुरु

माघ २५ २०७७, आईतवार

ललितपुर । आदिवासी जनजाति आयोगले विधिवत रुपमा कार्य थालनी गरेको छ । आदिवासी जनजाति संघसंस्थासँग परिचयात्मक कार्यक्रम गर्दै आयोगले कामको थालनी गरेको हो ।

आयोगले आइतबार ललितपुरमा परिचयात्मक तथा अन्तक्र्रिया कार्यक्रम आयोजना गरेका छन् । आयोगका अध्यक्ष रामबहादुर थापामगरले आयोगले विधिसम्मत रुपमा काम थालेको जानकारी दिए ।

अध्यक्ष थापामगरले आयोगलाई संविधानले दिएको अधिकार क्षेत्रभित्र रहेर आदिवासी जनजातिका हकहितमा काम गर्ने प्रतिवद्धता जनाए ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्तीमगरले आयोग र प्रतिष्ठानबीचमा ‘डुप्लिकेसन’ नहोस भन्दै एकापसमा प्रतिस्पर्धी नभई परिपुरक हुनुपर्नेमा स्पष्ट हुनुपर्ने बताए ।

राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका अध्यक्ष चिनीमाया माझीले आदिवासी जनजाति आन्दोलनको उपलव्धीका रुपमा आयोग गठन भएकाले आदिवासी जनजातिको अधिकारका लागि आयोगले काम गर्न सक्नुपर्नेमा जोड दिए ।

सो कार्यक्रममा आयोगका सदस्य रिना रानामगरले स्वागत गरेका थिए भने सचिव राजेन्द्र घिमिरेले आयोगलेको क्षेत्राधिकारबारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा नवनियुक्त अध्यक्ष थापामगर, सदस्यहरु शरण राई, डा. मीन श्रीस, रीना रानामगर लगायत आदिवासी जनजाति संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति थियो ।