• मंसिर १२ २०८१, बुधबार

क्रान्तिकारीद्धारा २६ गते शैक्षिक हड्ताल, भट्टका हत्यारालाई कारबाही गर्न माग

माघ २५ २०७७, आईतवार

काठमाडौं । विद्रोही नेकपाको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले केही समयअघि रुकुमबाट पक्राउ गरेका आफ्नो संगठनका जिल्ला अध्यक्ष प्रेमप्रशान्त बोहोरा लगायतलाई पक्राउ गरेको विरोधमा माघ २६ गते राप्ती क्षेत्रमा शैक्षिक हड्ताल गर्ने जनाएको छ ।

दाङ जिल्ला संयोजक अनिल केसीद्धारा आज जारी गरिएको विज्ञप्तिद्धारा सो कुराको जानकारी गराइएको छ । विज्ञप्तिमा घरमै बसिरहेका बेला बिनाकारण पक्राउ गरि दुःख दिइएको भन्दै तत्काल रिहा गर्न माग गरिएको छ ।

विज्ञप्तिमा २ दिनअघि मात्रै बैतडीमा १२ वर्षमा अध्ययनरत १७ वर्षीया भागरथी भट्टलाई बलात्कार पछि हत्या गरिएको घटनाको छानबिन गरी दोषीलाई कडा कारबाही गर्न पनि विज्ञप्तिमा मार्फत् माग गरिएको छ ।