अधिकांश नेपालीका मनमा बस्न सफल पुरानो सदाबहार आधुनिक गीत ‘आगो पिएर बाँच्ने’ फेरि रेकर्ड गरेर सार्वजनिक भएको छ ।
सो गीत नयाँरुपमा बजारमा गएसँगै युटुबको नेपाली संस्करणको ट्रेन्डिङमा परेको छ । रेकर्डिङ स्टुडियोमा छायाँङ्गकन गरी लिरिकल भिडियो सहित सार्वजनिक भएको सो गीत धेरै वर्ष पहिले जीवनाथ धमलाले लेखेका थिए ।
चर्चित गायक तथा संगीतकार नारायण रायमाझीले संगीत दिएको सो गीत युटुवमा सार्वजनिक भएको पाँच दिनमै ट्रेन्डिङ्गको २ नम्बरमा पुगेको छ । हालै गायक प्रशान्त तामाङको स्वरमा रेकर्ड गरेर बाहिर ल्याइएको सो गीतलाई पहिले लक्ष्मीसृजन बजगाँईले स्वर दिएका थिए ।
एक जमानामा युवाहरुमाझ एकदमै लोकप्रिय सो गीत नेपालको एकमात्र सञ्चारमाध्यम रेडयो नेपालहुँदा धेरै सुनिने गीतहरुमा पर्दथ्यो । रीमा रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड भएर रीमा रेकर्डिङ्ग स्टुडियोमै छायाँङ्गकन भएको गीतलाई संगीत एरेञ्ज मनोज खडकाले गरेका छन् भने मिक्सिङ्ग श्यामस्वेत रसाइली, छायाँङ्गकन र सम्पादन मिराज अर्यालले गरेका छन् ।
हाल नयाँ रेकर्ड भएको गीतमा बाँसुरी रत्न विक, गिटार विवेक खडका, मनोज खड्का, क्याजोन बिन्दु खड्काले बजाएका छन् । हालसम्म सो भिडियोलाई ७ लाख ४० हजार बढीले हारिसकेका छन् भने २ हजार ८ सय ८८ जनाले टिप्पणी गरेका छन् । रीमा इन्टरटेन्मेन्टको युटुव च्यानलबाट गीत भिडियो सहित सार्वजनिक भएको हो ।