• मंसिर १२ २०८१, बुधबार

असंवैधानिक कदम सच्चिएपछि मात्रै चुनावमा जान सकिन्छः पौडेल

माघ २४ २०७७, शनिबार

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडैलले पहिला प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम सच्च्याएपछि मात्र चुनावमा जान सकिने बताएका छन् ।

कांग्रेस रामपुर नगर समिति, रामपुरले बेझाडमा शुक्रबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उनले भने, ‘संविधान बचाउनुपर्ने बेला आएको छ । त्यसपछि मात्र चुनावमा जान सकिन्छ ।’

पहिलो संविधानको रक्षा गर्नुपर्ने बेला आएको बताउँदै उनले संविधान नरहे चुनाव नहुने भएकाले चुनाव संविधानमा टेकेर मात्र हुने बताए । ‘संविधानलाई पहिला बचाउने र असंवैधानिक कदमलाई सच्याएपछि मात्र चुनावमा जान सकिन्छ,’ उनले भने, ‘संविधान नबच्ने हो भने चुनाव लड्नुको औचित्य छैन । त्यसैले असंवैधानिक कदम सच्‍याएपछि मात्र चुनावमा जाने सन्देश बोकेर हिँडेको छु ।’

यतिबेला चुनाव लड्ने हो भने कांग्रेसलाई फाइदा होला तर विधि र प्रक्रियाअनुसार चुनाव हुनुपर्छ भन्ने कांग्रेसको माग रहेको उनको भनाइ थियो । ‘कांग्रेस चुनावबाट कहिल्यै भागेको छैन र भाग्दैन,’ उनले भने ।