• बैशाख १२ २०८२, शुक्रबार

पूर्वप्रहरी संगठनका केन्द्रीय सदस्य घले सम्मानित

माघ २३ २०७७, शुक्रबार

काठमाडौं । नेपाल पूर्वप्रहरी संगठनको केन्द्रीय सदस्यमा निर्वाचित भएका गोलमिडिया खबरमा कार्यरत विरसिंह घलेलाई आज एक समारोहकाबीच सम्मान गरिएको छ । गोलमिडिया खबरको आयोजनामा सम्पन्न कार्यक्रममा उनलाई सम्मान गरिएको हो ।

लमजुङ निवासी घले नेपाल प्रहरीको सईबाट गत २०५७ सालमा सेवानिवृत्त भएका हुन् । गत पुष २९ गते काठमाडौंमा भएको सो संगठनको केन्द्रीय महाधिवेशनबाट उनी केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । कार्यक्रममा गोल मिडियाका अध्यक्ष जीवन बुढामगर, सम्पादक कुमार शाह र कार्यकारी सम्पादक जीवन हमालले घलेलाई खादा ओढाई सम्मान पत्र प्रदान गरे ।

सम्मान कार्यक्रममा नेपाल मगर संघ जापानका महासचिव तथा रुकुमेली समाज जापानका पूर्वअध्यक्ष सागर पुनमगर, नेपाल मगर विद्यार्थी संघका पूर्वअध्यक्ष दीपा आले, गोलमिडियाका डेस्क सम्पादक सारदा गौतम र उपसम्पादक भीम भारती लगायतको उपस्थिति थियो ।

सम्मान कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष जीवन बुढामगरले विरसिंह घलेले देशका लागि गरेको सेवा, हाल पनि समाजमा रहेर सामाजिक सेवाका काममा सकृय रहेको र गोलमिडियामा रहेर पनि जनतालाई सुसूचित गराउने काममा निरन्तर लागिपरेको र अझैपनि नेपाल पूर्व प्रहरी संगठनमा आवद्ध भएर सामाजिक कार्यमा सकृयता देखाएकोले यस्ता सामाजिक कार्यहरुमा लाग्न थप हौसला प्रदान होस् भन्ने हेतुले सम्मान गरिएको बताए ।

कार्यक्रममा सम्मानित भएका घलेले आफूले गरेको सामाजिक सेवाको कदर गर्दै गोलमिडिया खबरले आफूलाई सम्मान गरेकोमा गौरवान्वित भएको बताए । उनले आगामी दिनहरुमा पनि आजको सम्मानले थप प्रेरणा मिल्ने बताए ।