• बैशाख १२ २०८२, शुक्रबार

चोरीका ५ वटा मोटरसाईकलसहित ५ जना पक्राउ

माघ २३ २०७७, शुक्रबार

नवलपरासी । ५ वटा चोरीका मोटरसाईकलसहित ५ जनालाई जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले शुक्रबार पक्राउ गरेको छ ।

चेकचाँज गर्ने क्रममा रामग्राम नगरपालिका र बर्दघाट नगरपालिका क्षेत्रबाट मोटरसाईकलसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजु लामाले जानकारी दिनुभयो ।

मोटरसाईकलसँग प्रमाण लाग्ने कुनै पनि कागजपत्र नभेटिएपछि चोरीका रहेको खुलेको लामाले बताउनुभयो । पक्राउ परेका सबैमाथी चोरी मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।