झापा । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम दक्षिणपन्थी–अवसरवादी कदम भएको आरोप लगाउनुभएको छ ।
गृहजिल्ला इलाम जाने क्रमामा झापाको बिर्तामोडमा प्रेस संगठन झापाले आयोजना गरेकाे पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएकाे हाे ।
नेता खानालले केपी शर्मा ओलीले पार्टीको विधि, पद्धती, कार्यदिशा, सिद्धान्त तथा नीतिको आधारमा चल्न नसक्नु, दक्षिणपन्थी अवसरवादी स्वभाव, पार्टीको निर्णयहरु स्वीकार नगरेर प्रतिगामी कदम चालेका बताउनुभयो । फरक प्रसंगमा उहाँले अहिलेकै अवस्थामा एमसीसी पास हुन नसक्ने समेत बताउनुभयो ।
संसद बिगठन पछि पहिलो पटक गृहजिल्ला हिड्नु भएका नेता खनालले सबै लोकतन्त्रवादी, गणतन्त्रवादी पार्टी नागरिक समाजलाई प्रतिगमनविरुद्ध एक भएर लड्न समेत आग्रह गर्नुभयो ।