जनकपुरधाम । बारामा तीन वटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। पूर्व-पश्चिम लोकमार्गअन्तर्गत दुई नम्बर पुलनजिकै तीन वटा मोटरसाइकल आपसमा ठोक्किएको हो। उक्त दुर्घटनामा परी एक जनाको मृत्यु भएको हो छ भने चार जना घाइते भएका छन्।
पथलैयाबाट हेटौंडा जाँदै गरेको प्रदेश २-०३-००१ प १४३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोही दिशाबाट आउँदै गरेको ना ४२ प ६३६३ नम्बर र ना ३४ प ४१३१ नम्बरको मोटरसाइकलसँग ठोक्किएको हो।
दुर्घटनापछि मोटरसाइकलमा सवार पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए।