• आश्विन ५ २०८१, शनिबार

अमेजनका सीईओ बन्दै एण्डी जेस्सी

माघ २३ २०७७, शुक्रबार

हाल दोस्रो व्यक्तिका रुपमा काम गरिरहेका एन्डी जेस्सीले आउँदा ६ महिनाभित्र जुलाईमा आफु कार्यरत अमेजन कम्पनीको सीईओका रुपमा आफ्नो पदभार सम्हाल्ने छन् । विश्वकै विसालकाय प्रविधि कम्पनीहरुमध्ये अग्रपंक्तिमा रहेको अमेजन कम्पनीले अब प्रमुख कार्यकारीका रुपमा जेस्सीलाई पाउने भएको छ ।

हालसम्म सफलतापूर्वक कार्य सम्पादन गर्दै आएका कम्पनी सीईओ जेफ बेजोसले आगामी जुलाई महिनादेखि लागू हुने गरी आफ्नो भूमिकाबाट बिदा लिने घोषणा गरिसकेका छन् । यसले जेस्सीको भूमिकालाई अगाडि ल्याइदिएको छ ।

अमेजन कम्पनीमा जेस्सीको भूमिका:

उक्त कम्पनीमा लामो समयदेखि बेजोसका सहकर्मीका रुपमा रहेका जेस्सी अमेजन कम्पनीको सुरुदेखिकै जिम्मेवार कर्मचारी हुन् । जेस्सी स्वयम्ले सन् १९९७ मा मार्केटिङ व्यवस्थापकको जिम्मा लिएर पदमा भर्ना भएर अमेजनमा जागीर सुरु गरेका थिए ।

जेस्सी आफ्नो करिअरको सुरुआती चरणमा नै एमबीआईमा प्रोजेक्ट म्यानेजर रहेका थिए । हार्वार्ड बिजनेस स्कुलबाट एमबीए गरेका जेस्सी सुरुदेखि नै बेजोस नजिक भएर काम गरेका थिए । सन् २००० को सुरुआतमा भने उनी बेजोसको प्राविधिक सहायक बनेर एउटै टेबुलमा काम गर्ने मौका पाए ।

अमेजनको प्रगति र बिस्तार:

स्थापना कालमा केवल किताब अनलाइनमा बिक्री गर्ने व्यवसायका रुपमा स्थापना भएको अमेजन टिम बन्दै गएपछि प्रगति पनि गर्दै गयो । यसको बिक्रि तथा विश्वसनियताको दायरा पनि फराकिलो हुँदै गयो । त्यस पछि यो क्रमशः विश्वको नम्बर वान अनलाइन व्यापार कम्पनी बन्यो । त्यसलाई क्लाउड कम्प्युटिङ कम्पनीका रुपमा विकास गरियो । यसको श्रेय जेस्सीमा पनि बेजोस सरह जान्छ ।

वेब सर्भिसको संस्थापकका रुपमा जेस्सी:

अमेजन कम्पनी विविध सेवा बिस्तार गर्दै फस्टाएको कम्पनी हो । यसले आफ्नो एतिहासमा धेरै सिर्जनात्मक र रचनात्मक काम गर्दै आएको छ । एकताका अमेजनभित्र स्थापना गरिएको ‘अमेजन वेब सर्भिस’को संस्थापकका रुपमा पनि चिनिन्छन् जेस्सी । अमेरिकाको सिएटलमा बस्दै आएका ५३ वर्षिय जेस्सी पत्नी र दुई सन्तानसँग साथै छन् ।

त्यति बेला अमेजन कम्पनीभित्र ५७ जना कर्मचारीलाई संलग्न गराएर उनले उक्त वेब सर्भिस सुरु गरेका थिए । त्यसको १३ वर्षपछि उनी अमेजन वेब सर्भिसको सीईओमा पदोन्नति हुन सफल भए । अमेजन कम्पनीलाई केवल ईकमर्श कम्पनीबाट क्लाउड कम्प्युटिङ कम्पनीमा रुपान्तरण गराउन उनको ठूलो देन छ ।

जेस्सीका चुनौती:

जेस्सी पनि अरुजस्तै सामूहिक सहकार्यका कारण सफलताको चुचुरोमा पुग्न सफल व्यक्ति हुन् । तथापि अमेजनको सीईओको कार्यभार सम्हाल्दा जेस्सीका सामु केही पेचिला समस्या भने रहेका छन् । पहिलो कुरा त अमेजन एकपछि अर्को गरी पछाडि धकेलिंदै गैरहेको छ । दोस्रो, त्यसपछिको थप प्रतिस्पर्धामा अमेजनलाई अरुहरुले पनि पछि पार्न थालेका छन् ।

स्पेस एक्ससँगको टक्कर:

एलन मस्कको कम्पनी स्पेस एक्स अहिले सबैभन्दा बढि चर्चामा रहेको छ । यसले प्रविधिसम्बन्धी ठूलाठूला ठेक्काहरु लिएर आफूलाई अघि बढाइरहेको छ । ठेक्का नै नपाए कम्पनी डुब्ने र यसलाई सामान्य गति दिने कुरामा पनि समस्या हुन्छ । यो समस्या अहिले अमेजन कम्पनीसँग आएर ठोक्किएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनसँगको क्लाउड कम्प्युटिङ सम्बन्धी १० अर्ब डलरको सम्झौतामा अमेजन पछि परेको छ । यस सम्झौतामा माइक्रोसफ्ट कम्पनीले बाजी मारिसकेको छ । उक्त सम्झौता माइक्रोसफ्ट कम्पनीको हातमा पर्नुमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको हात रहेको अमेजनको दाबी छ ।

पेन्टागनसँगको करार फेरि जोडिनेमा समस्या:

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनसँगको क्लाउड कम्प्युटिङले गर्न चाहेको १० अर्ब डलर सम्झौतामा अमेजन पछि परेपछि अबका दिनमा यो सम्बन्ध नवीकरण होला कि होओइन भन्ने चिन्ता छाएको छ । यो अमेजनका लागि पेन्टागनसँगको करारमा असफलताले खडा गरेको चुनौती हो । यो चुनौती केवल करारमा मात्र सिमित नभएर सिंगो अमेरिकी रक्षासँग पनि जोडिएको छ ।

अबका दिनमा सीईओ नियुक्त हुने जेस्सीका लागि यो ठूलो चुनौती हो । कम्पनी घाटा पूर्तिको विषय जेस्सीका लागि प्रमुख चुनौती बनेर आएको छ । हाल अमेजन कम्पनीमा जेस्सीको ३ करोड डलर बराबरको शेयर छ ।

समस्याको बादलमा देखिएको चाँदीको घेरा:

जेस्सीका लागि चुनौती बादलमा देखिएको चाँदीको घेरा हुन सक्ने उनका सहयोगीहरुको अनुमान छ । जेस्सी नयाँ मानिस होइनन्, जसले यो चुनौतीको सामना गर्न नसकी पछि हट्न खोज्ने छन् । उनी निरन्तर चुनौतीको सामना गर्दै आएका मानिस हुन् । हरेक समस्याको सिर्जनात्मक हल दिन सक्ने खुबी उनमा देखिन्छ ।