काठमाडौं, देशभर थप १०५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा पछिल्लो २४ घण्टामा थप १०५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। योसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ७१ हजार ७०७ पुगेको छ ।त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या २ हजार १०८ रहेको छ ।
यस्तै पछिल्लो चौबीस घण्टामा कोरोनाका २७२ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।योसँगै देशभर निको हुनेहरुको कुल संख्या २ लाख ६७ हजार ५६४ पुगेको छ ।
त्यस्तै पछिल्लो चौबीस घण्टामा दुई जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ३५ पुगेको छ ।