• आश्विन १३ २०८१, आईतवार

यी-यी कुराहरुमा पुरुष भन्दा महिला अगाडी

माघ २३ २०७७, शुक्रबार

अध्ययनले के देखाएको छ भने महिलाहरुमा पुरुषमा भन्दा आइक्यु क्षमता बढी हुन्छ । स्मरण शक्ति तथा तर्कशिलताको मामिलामा महिलाहरु पुरुष भन्दा अगाडी हुने कुरा अमेरिकी अनुसन्धानकर्ताको निष्कर्ष रहेको छ । सरसफाईको मामिलामा पनि महिलाहरु पुरुष भन्दा अब्बल हुन्छन् । अमेरिकाको सानडियागो विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार कार्यालयमा पुरुष कर्मचारीको टेबल महिला कर्मचारी भन्दा फोहोर हुने गर्छ । उनीहरुका अनुसार पुरुषले काम गर्ने ठाउँमा महिलाले काम गर्ने ठाउँमा भन्दा २० प्रातिशत बढी ब्याक्टेरिया हुन्छन् ।

तनावको सामना गर्ने र महत्वपूर्ण कामका लागि राम्रो तयारी गरेर उक्त कामकुरामा आफ्नो क्षमता मज्जाले देखाउने मामिलामा महिलाहरु पुरुष भन्दा अब्बल मानिन्छन् । शोधकर्ताहरुका अनुसार यही क्षमताका कारण प्राय नयाँ जागिर खान जाने मामिलामा अन्तरवार्ताको क्रममा महिलाको प्रस्तुती पुरुष प्रतिस्पर्धीको भन्दा राम्रो हुन्छ । सुन्दरताको मामिलामा त महिलाहरु पुरुषभन्दा दश कदम अगाडी हुन्छन् नै । अध्ययनले पनि के देखाएको छ भने जैविक क्रम विकासकै सिलसिलामा महिलाहरु आफ्ना पुर्खा भन्दा सुन्दर बन्दै गएका छन् ।

अझ रोचक कुरा त के भने सुन्दर महिलाहरुले अरु सामान्य महिलाले भन्दा बढी बच्चा जन्माउँछन् र सुन्दर महिलाको पहिलो बच्चाको रुपमा प्रायः छोरी जन्मिन्छ । अध्ययनले के देखाउँछ भने विभिन्न खालका सडक दुर्घटनामा महिलाहरु भन्दा पुरुषहरुको मृत्यु धेरै हुने गर्छ । अझ रोचक कुरा त के भने कुनै गाडी दुर्घटना हुँदा त्यसका महिला यात्रु भन्दा पुरुष यात्रुको मृत्युको दर बढी हुन्छ । अध्ययनले कार दुर्घटनामा महिलालो तुलनामा पुरुषको मृत्युको जोखिम ७७ प्रतिशत बढी हुने देखाएको छ । आफ्नो मनको बह, समस्या वा पीडा साथीसङ्गीसँग बिसाएर समस्याको समाधान खोज्ने मामिलामा पनि महिलाहरु पुरुषभन्दा अगाडी हुन्छन् ।

महिलाहरू पुरुषको तुलनामा स्वस्थ भोजनका पारखी हुन्छन् । पुरुषहरु मासुका परिकार तथा ड्राइ फुड बढी मन पराउँछन् भने महिलाहरु सादा खानामा रुचि राख्छन् । महिलाहरुमा रोग प्रतिरोधी क्षमता पुरुषमा भन्दा बढी हुन्छ । यो इस्ट्रोजेन हर्मोनका कारण भएको हो । तथ्यांकले के देखाउँछ भने विश्वमा भएका १ सय वर्ष भन्दा बढी उमेरका मानिसमध्ये १ सय मा ८५ जना महिला नै छन् । यसको अर्थ के भने महिला पुरुष भन्दा औषतमा १० वर्ष बढी बाँच्छन् । १० महिला हाकिम भएको कार्यालयमा कामदारको कार्यसम्पादन उच्च हुनेमात्र होइन महिलाले गरेको लगानीले दिने प्रतिफल पुरुषको लगानीको तुलनामा बढी हुन्छ ।