काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी नै सबै भन्दा ठूलो भएको आजको सभाले पुष्टि गरिदिएको बताएका छन् । आज काठमाडौंमा भइरहेको सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रचण्ड र माधवहरुको मात्रै नभएर आफ्नो पार्टी देशकै ठूलो भएको दावी पनि गरे । ओलीले आफूहरुलाई आमसभा गर्ने ठाउँ नपुगेको तर प्रचण्ड–माधवहरुको समूहलाई सानो ठाउँपनि ठूलो भएको भन्दै व्यंग्य पनि गरे । एकप्रसंगमा ओलीले हिजो दाहाल नेपाल समूहले गरेको आमहड्तालमा जनताका तरकारी पसल तोडेको र ट्याक्सी जलाएको भन्दै त्यस्तो गर्ने पार्टी कसरी सर्वहारावादी हुन्छ ? भन्दै प्रश्न पनि गरे । उनले दाहाल नेपाल समूहले काम बिगार्दै जान्छन र आफूहरुले सपार्दै जाने पनि दावी गरे ।