• मंसिर १२ २०८१, बुधबार

आमहड्तालमा जनताले कति दु:ख पाए भनेर हेर्न प्रचण्डको गाडिमा सयर : ओली

माघ २२ २०७७, बिहीबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कानुनको पालना गर्न चेतावनी दिएका छन् ।    बिहीबार आफूपक्षीय किसान भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यतिबेला प्रचण्ड–माधव नेपालहरु हप्किदप्कीमा लागेको भन्दै त्यसो गर्न छोडेर कानुनको पालना गर्नतिर लाग्न चेतावनी दिए ।‘उहाँहरु आक्रामक ढंगले आउनुहुन्छ, नियम मान्दिनँ भन्नहुन्छ ।          प्रजिअ, एसपी डिएसीलाई हप्किदप्की गर्नुहुन्छ । कानुनको पालना गर्नुस् हप्किदप्की होइन’, प्रधानमन्त्री ओलीले भने, ‘प्रचण्डलाई म सम्झाउछु ती दिन गए, जतिबेला हप्कीदप्की गर्नुहुन्थ्यो । लोकतन्त्र भनेको कानुनको पलाना गर्ने हो, बलमिच्चयाइको राज होइन । ती दिन गए जतिबेला तपाईं संविधान मान्दिनँ कानुन मान्दिनँ भनेर उपद्रव मच्चाएर हिँड्नुभएको थियो ।’

ओलीले प्रचण्ड माधव नेपालहरुलाई देश अगाडि बढ्ला कि भनेर चिन्ता लागेको बताए । ‘उहाँहरुले यो बन्द गर्नु नै हुन्थ्यो आज । गर्ने कोसिस गर्नुहुन्थ्यो बन्द त खासै भएन । जनतालाई अलिअलि दुख त दिनुभयो’, प्रधानमन्त्री ओलीको भनाइ छ । उनले केहिी गरिवको तरकारी फ्याकेर महान आन्दोलन सफल पार्न लागेको भन्दै ‘एउटी आमाले डोकोमा बोकेर ल्याएको तरकारी सडकमा फ्याकिदिनुभयो । आफु गाडि र बाइक चढेर रमिता हेरेको’ बताए ।
ओलीले प्रचण्ड नेपालका कार्यकर्ता सिध्दिएपछि आफै जनताको दुस्ख हेर्न गाडीको सयर गरेको टिप्पणी गरे ।

नेकपाको प्रचण्ड-नेपाल पक्षले आयोजना गरेको आमहड्तालका क्रममा विभिन्न ठाउँमा प्रचण्ड गाडी लिएर पुगेका थिए। प्रचण्ड गाडी लिएर पुगेको विषयमा प्रधानमन्त्री ओलीले व्यंग्य गरेका हुन्।
अरूका गाडी जलाउनुभयो। आफू गाडीमा सयर भएर तमासा हेर्दै हिँड्नुभयो। जनताले कति दुस्ख पाएका छन् हँ भनेर। गाडी चढेर तमासा हेर्दै हिँड्नुभयोु, प्रधानमन्त्री ओलीले भने,’अर्को गाडी चढ्न अलिक भएन आफैंले बन्द गरेको भनेर। अलिक ठूलो भयो गाडी भनेर बाइक लिएर जनताले कति दु:ख पाए भनेर रमिता हेर्दै हिँड्नुभयो।’