• मंसिर १२ २०८१, बुधबार

ओली समूहको सभा पञ्चर्‍याली : अध्यक्ष दाहाल

माघ २२ २०७७, बिहीबार

काठमाडौं नेपाल कम्युनिष्ट पार्टीको दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली समूहले गरेका भेलालाई पञ्चर्‍यालीको संज्ञा दिएका छन्। पार्टीले आयोजना गरेको विरोध प्रदर्शनमा सातदोबाटो पुगेका अध्यक्ष प्रचण्डले ओली समूहले भोलि गर्ने भनिएको सभालाई ‘पञ्चे र्‍याली’को संज्ञा दिँदै उनले ओलीले पैसा तिरेर मान्छे ल्याएर र्‍याली गर्न लागेको आरोप समेत लगाए । “२०४६ सालको जनआन्दोलन अघि पञ्चायतले पैसा दिएर लाखौं मान्छे ल्याएर र्‍याली गर्थ्यो। अहिले उहाँहरूले पनि त्यही गर्न लाग्नुभएको छ । हामीले जनआन्दोलन गरिरहेका छौं। उहाँहरू पञ्च र्‍याली गर्दै हुनुहुन्छ,” दाहालले भने ।
‘आफैं संविधान मिच्ने, संसद् विघटन गर्ने अनि मानिस भेला पार्ने भनेको पञ्चर्‍याली नै हो, ओलीले त्यस्तै गरेका छन्’ दाहालले भने ‘संसदीय सुनुवाइ नगरी संवैधानिक आयोगहरुमा नियुक्त गरिएको छ। यो जंगल राजजस्तो भयो।’

यस्तै उनले प्रधानमन्त्री केपी शर्मा ‌ओलीको कदमविरुद्ध अझ सशक्त आन्दोलन गर्ने बताए । सरकारले संविधान मिच्ने काम गरेको प्रचण्डको भनाइ छ। उनले भने, ‘लोकतन्त्रमाथि प्रहार भएको छ । त्यसका लागि सबै उक्त कदमको विरुद्धमा उत्रिएका छन्।’

उनले आफूहरुको आन्दोलन लोकतन्त्रको रक्षाका लागि भएको जिकिर गरे। ‘जसरी असंवैधानिक र अलोकतान्त्रिक तरिकाले संसद् विघटन गरिएको छ त्यसको विरुद्धमा हाम्रो आन्दोलन हो’ उनले भने, यो आन्दोलन केपी र प्रचण्डबीचको जुहारी नभई गणतन्त्र र गणतन्त्र विरोधीको लडाइँ हो।’