• मंसिर १२ २०८१, बुधबार

आह्वान गरिएको आम हड्तालप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण, दियो यस्तो चेतावनी

माघ २१ २०७७, बुधबार

काठमाडौं । गृह मन्त्रालयले भोलि आह्वान गरिएको आम हड्तालप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
प्रचण्ड–माधव समूहले संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोधमा आह्वान गरिएको आम हड्तालप्रति ध्यानाकर्षण भएको जनाएको हो ।
गृह मन्त्रालयले भने बुधबार साँझ विज्ञप्ति जारी गर्दै संविधान र प्रचलित कानून विपरीत शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, सार्वजनिक यातायात सञ्चालनमा अवरोध नगर्न आग्रह गरेको छ ।
शान्ति सुरक्षामा खलल पुग्ने गरी तोडफोड, आगजनी र जबरजस्ती लगायतका गतिविधि गरे कानून बमोजिम कारबाही गर्ने मन्त्रालयले चेतावनी दिएको छ ।
साथै दैनिक रुपमा सञ्चालित उद्योग, पेशा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्न नदिन सुरक्षा व्यवस्था मिलाउने मन्त्रालयले बताएको छ ।
गृह मन्त्रालयको विज्ञप्ति :
y
<br>