काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप अभियानको सातौँ दिनसम्म एक लाख ४५ हजार भन्दा बढीले खोप लगाएका छन् । खोप अभियान अन्तर्गत बुधबारसम्ममा देशभरका एक लाख ४५ हजार आठ सय ४४ जनाले पाखे लगाएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा ५० हजार सात सय ५० ले खोप लगाएका छन् ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा काठमाडौं विश्वविद्यालय जनस्वास्थ्य तथा सामुदायिक कार्यक्रम निर्देशक डा.विराज कर्माचार्यले खोपले राम्रो सँग काम गर्न केही समय लाग्ने बताउनु भयो ।
उहाँले कोरोनाका नयाँ प्रजातीमा खोपले राम्रोसँग कामगर्न नसक्ने बताउनुभयो । खोप लगाइसकेपछि पनि स्वास्थ्य सावधानी अपनाउन उहाँको आग्रह छ ।