• मंसिर १२ २०८१, बुधबार

विघटित संसदविरुद्ध प्रचण्ड-नेपाल पक्षको आन्दोलनको अर्को रणनीति के हुन सक्छ ?

माघ २१ २०७७, बुधबार

२१ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र उनको असंवैधानिक कदमविरुद्ध यतिबेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएको छ ।

नेकपाको एक समूहको नेतृत्व ओलीले गरेका छन् भने नेकपाकै अर्र्को समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गरेका छन् ।

ओली र प्रचण्ड–नेपाल दुई समूहमा विभाजन भएसँगै प्रचण्ड–नेपालपक्ष आन्दोलित भएको छ । ओलीको असंवैधानिक, निरकुंश एवम् प्रतिगामी कदमका विरुद्ध प्रचण्ड–नेपाल समूह देशव्यापी रूपमा आन्दोलित भएको बताउँदै आएको छ ।

उसले पहिलो र दोस्रो चरणको आन्दोलन सफलतापूर्वक सम्पन्न गरेको बताउँदै तेस्रो चरणको आन्दोलन माघ १२ गतेदेखि २८ गतेसम्म सम्पन्न गरिसक्ने भन्दै प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

तेस्रो चरणको आन्दोलन प्रचण्ड–नेपाल समूहले राजधानी काठमाडौं केन्द्रित गरेको छ ।

त्यस्तै उसले तेस्रो चरणको आन्दोलन प्रचण्ड–नेपाल समूहले राजधानी काठमाडौं केन्द्रित गरेको छ । माघ १३ गते लैनचौरबाट निकालिएको सिठी चुलुस बसन्तपुर पुगेर कोणसभामा परिणत गरिएको थियो ।

यस्तै माघ १४ गते र २१ गते माइतीघर मण्डलामा सविधानसभा सदस्य, संघीय सांसद, तथा प्रदेशसभा सदस्यहरूले धर्ना दिएका छन् । माघ १६ गते जुलुससहित शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

विरोध प्रदर्शन र सभा माघ १५ गते बुटवल १६ गते विराटनगर र १७ गते धनगढीमा सम्पन्न गरेका छन् । माघ २२ गते काठमाडौंमा युवा ¥याली वा आमहड्ताल, २६ गते देशव्यापी मसाल जुलुस, २८ गते विरोध प्रदर्शन र सभा गर्ने कार्यक्रम रहेको नेकपा प्रचण्ड–नेपाल समूहका केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

यता प्रधानमन्त्री केपी शर्मा ओली समूहले पनि देशव्यापी आफ्ना नेता तथा कार्यकर्तालाई सम्बोधन, राजधानीमा शक्ति प्रदर्शन, मोटरसाइकल ¥यालीलगायतका थुप्रै कार्यक्रम गर्दै आएको छ ।

त्यस्तै उसले यहीँ माघ २३ गते शुक्रबार बागमती प्रदेशद्धारा आयोजित राजधानी काठमाडौंमा रहेको नारायणहिटी सङ्ग्रहालय गेट अगाडि बृहत् जनसभा गर्ने भएको छ । उक्त जनसभामा सहभागी हुन सबै नेकपाका नेता तथा कार्यकर्तालाई प्रधानमन्त्री ओलीले आग्रहसमेत गरेका छन् ।

प्रचण्ड–नेपाल समूह जसरी विरोधमा उत्रिएका छन्, ठीक त्यसरी नै ओली पनि आफ्नो समूहका विभिन्न कार्यक्रममा सरिक हुँदै आएका छन् । यसअघि कोभिड–१९ को कारण देखाउँदै उनी लामो समयसम्म बालुवाटार पुगेनन् ।

पुष ४ गतेसम्म पनि संसद अवरुद्ध नै रह्यो । उल्टै उनले धेरै मानिसहरू एकै ठाउँमा भेला हुनु वर्तमान परिस्थितिका लागि निकै घातक भएको बताएका थिए ।

पुष ४ गतेसम्म पनि संसद अवरुद्ध नै रह्यो । उल्टै उनले धेरै मानिसहरू एकै ठाउँमा भेला हुनु वर्तमान परिस्थितिका लागि निकै घातक भएको बताएका थिए ।

तथापि पुष ५ गते (संसद विघट) आफ्नै हर्कतका कारण कोभिड–१९ को कुनै प्रवाह नगरी ओली देश दौडाहामा छन् । उनलाई यतिबेला विभिन्न जिल्लाका कार्यक्रम अद्घाटन, समापन गर्न भ्याइनभ्याइ छ । महामारीको उच्च जोखिम कायम हुँदाहुँदै पनि उनले जोखिम नै मोलेर आफ्ना नेता तथा कार्यकर्तामाझ पुग्ने गरेका छन् ।

प्रधानमन्त्री ओली यतिबेला आफ्ना संघ, संगठन बिस्तार गर्नतर्फ लागेका छन् । उनले पूर्वमाओवादी लडाकुसमेत आफ्नो हातमा लिएका छन् । सरकारी ढुकुटी रित्याएरै भए पनि आफ्नो समूहका विभिन्न भातृ संगठनहरूले आयोजना गरेका कार्यक्रममा पुग्ने गरेका छन् ।

उनी पुगेका अधिकांश जिल्लाका कार्यक्रममा प्रतिपक्षी एवम् विरोधीको सत्तोसराप गर्ने गरेका छन् । त्यतिमात्रै होइन, उनले आफ्नो पदिय दायित्व र जिम्मेवारी भुलेर मनमौजी बोल्ने गरेका छन् ।

विभिन्न पत्रपत्रिका र अनलाइनले उनको धज्जी उडाउँदै कार्टुनसमेत तयार गरेका छन् । प्रधानमन्त्री जस्तो व्यक्तिले खोज तथा अनुसन्धान विनाका तथ्यहीन तर्क दिनुले उनी पंगु बन्ने गरेका छन् ।

विभिन्न पत्रपत्रिका र अनलाइनले उनको धज्जी उडाउँदै कार्टुनसमेत तयार गरेका छन् । प्रधानमन्त्री जस्तो व्यक्तिले खोज तथा अनुसन्धान विनाका तथ्यहीन तर्क दिनुले उनी पंगु बन्ने गरेका छन् ।

उनका ती आधारहीन, लज्जास्पद एवम् हास्यास्पद तर्कका कारण कतिपय विरोधका कार्यक्रमा उनको धज्जी उडाउने शैलीका कार्टुनसमेत प्रदर्शन गरिएको छ ।

पुष ५ गते विघटित संसदविरुद्ध यतिबेला प्रचण्ड–नेपाल समूह, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी र अन्य साना राजनीतिक दलहरू सडकमा उत्रिएका छन् भने नागरिक समाज र अधिकारकर्मीहरूसमेत सडकमै छन् । प्रतिनिधिसभा भंग हुनुमा ओली र कमल थापाबाहेक अन्य राजनीतिक दलहरू सडकमा उत्रिएका छन् ।

प्रचण्ड–नेपाल समूहसहित अन्य राजनीतिक दल ओलीको असंवैधानिक कदमविरुद्ध सडकमा आन्दोलित छन् । तथापि प्रचण्ड–नेपाल समूह ओलीको कदमविरुद्ध सडकमा उत्रिनुकासाथै चुनावको तयारीमा छन् ।

यो समूह चुनावको तयारीमा रहनुको कारण यदि कदमकदाचित प्रतिनिधिसभा पुनस्र्थापना भएन भने पनि वर्तमान सन्दर्भममा भैरहेको आन्दोलनले पूनर्ताजगी हुने प्रचण्ड–नेपाल समूहका एक नेताले बताए ।

विघटित संसदविरुद्ध प्रचण्ड–नेपाल पक्षको अर्को रणनीति भनेकै चुनाव भएको नेपाल जनजाति महासंघको कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा प्रधानमन्त्री ओलीले यो कुरा बताइ सकेका छन् ।

विघटित संसदविरुद्ध प्रचण्ड–नेपाल पक्षको अर्को रणनीति भनेकै चुनाव भएको नेपाल जनजाति महासंघको कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा प्रधानमन्त्री ओलीले यो कुरा बताइ सकेका छन् ।

उनले भने, –‘प्रचण्ड–नेपाल पक्षले देशव्यापी विरोधका कार्यक्रम गरिसकेका छन्, यसको अर्थ चुनावका लागि प्रचारप्रसार हो ।’ संसद कुनै हालतमा पुनस्र्थापना नहुने भन्दै ओलीले प्रचण्ड–नेपाल समूहले जस्तै देशव्यापी विरोधसभा नगरेर जनसभा गर्ने बताए ।

प्रचण्ड–नेपाल समूहले गर्दै आएको विरोध, धर्ना, हड्ताल, शक्ति प्रदर्शन चुनावी प्रचारप्रसारको पर्याय भए पनि नेताहरूले यसबारेमा खुलेर भन्न नसकेको एक नेता स्वीकार्छन् । संसद पुनस्र्थापना भएन भने हामीले गर्ने गरेका देशव्यापी विरोधका कार्यक्रम चुनावका लागि प्रचार हुने उनी बताउँछन् ।

तथापि प्रचण्ड–नेपाल पक्ष संसद पुनस्र्थापना हुनेमा ढुक्क छैनन् । पुनस्र्थापना हुन्छ या हुँदैन, अहिले नै भन्न सक्ने अवस्था पनि छैन । तथापि विघटित संसद विघटनकै अवस्थामा रहे हामीले गरिरहेका विभिन्न कार्यक्रम चुनाव प्रचारप्रसारका लागि उर्याप्त हुने एक केन्द्रीय सदस्य बताउँछन् ।

संसद विघटन भएका देश अस्थिरता र अराजकतातिर धकेलिने निश्चित भएकोले सकेसम्म संसद पुनस्र्थापना हुनेमा आफू ढुक्क रहेको उनको दाबी छ । संसद विघटनको मुद्दा विचाराधिन भएकाले आजै यसबारेमा भन्न नसकिएता पनि संसद पुनस्र्थापना हुनेमा आफ्नो समूह विश्वस्त रहेको उनको भनाइ छ ।

यदि संसद पुनस्र्थापना भएन भने चुनाव नहुने भन्ने होइन, हुन्छ । तर, भनेको समयमा हुँदैन । ओलीले देश अराजकतातिर धकेल्न खोजेकोले चुनाव हुन्छ भन्न सकिदैन । यदि चुनाव भैहाले पनि आफ्नो समूहको रणनीति जनतामाझ तत्काल जाने र चुनावको तयारी गर्ने उनले बताए ।