काठमाडौं । नेपाल प्रहरीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल पक्षले आह्वान गरेको आम हड्ताललाई लक्षित गरि विहीवार सुरक्षा सतर्कताका लागि सर्कुलर जारी गरेको छ ।
प्रहरी प्रधान कार्यालयले एसपीदेखि जवान दर्जासम्मका सम्पूर्ण कर्मचारीहरुलाई विहीवार बिहान ०८ः ३० बजेदेखि अर्को आदेश नभएसम्मको लागि स्टेण्डबाईमा रहन आदेश जारी गरेको हो ।
चुस्त पोशाकमा आ–आफ्नो कार्यालयबाट तुरून्त परिचालन हुनसक्ने गरी स्टेण्डबाईमा रहन आदेश दिइएको छ ।