काठमाडौंं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले संवैधानिक आयोगमा नियुक्ति र शपथ गराउने काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको काम संविधान कुल्चिने र लोकतन्त्रमाथि प्रहार गर्ने अर्को स्वेच्छाचारी कार्य भएको बताएका छन् ।
बुधबार बिहान संबैधानिकका आयोगहरुमा विभिन्न ३२ पदाधिकारीको नियुक्ति र शपथ भएपछि सामाजिक संजालमा प्रक्रिया दिदै नेता रावलले यो निन्दनीय भएको बताएका छन् ।
उनले भनेका छन् :
सर्वोच्च अदालतमा मुद्धा चलिरहेको स्थितिमा संसदीय सुनुवाइको प्रक्रियामा नै प्रवेश नगरी विभिन्न संवैधानिक आयोगमा नियुक्ति र शपथ गराउने काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको काम संविधान कुल्चिने र लोकतन्त्रमाथि प्रहार गर्ने अर्को स्वेच्छाचारी कार्य हो, यो निन्दनीय छ ।