• बैशाख १२ २०८२, शुक्रबार

पछिल्लो २४ घण्टामा थप १४२ जनामा कोरोना सङ्क्रमण

माघ २१ २०७७, बुधबार

काठमाडौँ। देशभर थप १४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा पछिल्लो चौबीस घण्टामा तीन हजार ५५७ जनाको पीसीआर परीक्षण गर्दा १४२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। योसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७१ हजार ४३१ जना पुगेको छ । त्यस्तै हाल दुई हजार ३३५ जना सक्रिय संक्रमित रहेका छन्।

यस्तै पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पतालबाट २०६ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्किएका छन् । याेसँगै नेपालमा कोरोना निको हुनेको संख्या दुई लाख ६७ हजार ६५ पुगेको छ । नेपालमा कोरोना निको हुनेको प्रतिशत ९८.४ मा उक्लेकाे छ ।

यसैगरी पछिल्लो चौबीस घण्टामा एकजना सङ्क्रमितकाे मृत्यु भएकाे छ । याेसँगै हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट दुई हजार ३१ जनाकाे मृत्यु भएको छ।