• मंसिर ११ २०८१, मंगलवार

जैविक विविधताका लागि सिमसार

माघ २१ २०७७, बुधबार

विश्वस्तरमै संरक्षण गर्नका लागि सिमसार क्षेत्र मानवमात्र नभएर समस्त प्राणीवर्गका अमूल्य स्रोत हुन् । सिमसार हाम्रा लागि गतिला प्राकृतिक उपहार हुन् । जीवन र जीविका अनि जैविक विविधता सबै सिमसारबाट मात्र सम्भव छ । सिमसारमै अपार अवसर छन् । यो आयआर्जन र गरिबी निवारणका अनेक उपाय पनि सिमसारले नै दिन्छन् । मनुष्यले प्राप्त गर्ने माछा मात्र होइन, सिमसारले जीवनकै आशा जगाइदिन्छन् ।

जहाँ सिमसार, त्यहीँ भेटिन्छ जीवनको सार ! यी सिमसार स्वस्थ र स्वच्छ रहेमात्र मानवस्वास्थ्य पनि ठीक रहन्छ । मूलतः पृथ्वीको विभिन्न सिमसार क्षेत्रलाई हेर्दा अत्यन्त ओसिलो र दलदल भएकाले उत्ति मनमोहक र सुलभ नदेखिन सक्छन तर यस्तै सिमसार क्षेत्रहरुका जीवहरु, वनस्पती एवं माटोको संरचनाले पृथ्वीको फोहोर पानी र मिसिएका रसायनहरुलाई छानेर सफा र स्वच्छ बनाइदिने भएकाले यी क्षेत्रहरुलाई पृथ्वीको मृगौला पनि भनिन्छ । यसका अलावा सिमसारले वाढी, पहिरो, अतिवृष्टी अनि अनावृष्टिलाई पनि रोकथाम गर्दछ ।

संसारभर रहेको साढे सात अर्ब जनसंख्या मध्ये झण्डै ३ अर्ब संसारका वासीहरुले खाने चामल यसै सिमसार क्षेत्रका दलदलेमाटोहरुले उत्पादन गर्दछन्, सिमसारको नष्ट गर्नु भनेको संसारले भोकमरिको निमन्त्रणा गर्नुजस्तै भयावह छ । हाम्रो देशको कुरा गर्ने हो भने पनि समुन्द्रलाई नछोएको भुपरिवेष्ठित देश भएपनि नेपाल जलश्रोतमा अत्यन्त धनी छ किनभने हामीसँग भएका नदिनाला, तालतलैया अनि कुवापोखरीहरुको कुल पानीको मात्रा धेरै छ ।

हाम्रो देश जलस्रोतको धनी देश मानिन्छ । हाम्रोमा समुद्र छैन तर नदीनाला र तालतलैयामा हामी धनी छौँ । हिमालको हिउँ पग्लेर बग्ने बाह्रैमासे ठूला नदीहरू मेची, कोशी, गण्डकी, कर्णाली र महाकाली हाम्रा लागि अमूल्य वरदान हुन् । एक तथ्याङ्कअनुसार नेपालमा जलाशय, ताल, दलदल, घोल गरी सात लाख ४३ हजार ५ सय ६३ हेक्टर क्षेत्रफल सिमसारले ढाकिएको छ । नेपालको कुल भूमिमध्ये यो करिब २ दशमलव ५ प्रतिशत हो ।

वास्तवमा सिमसार भत्राले पानी र जमिन मिश्रित दलदल भएको र सधै अर्थात बाह्रैयाम पानी नसुक्ने भुमीहरु हुन् जस्मा सामान्यतया दलदल या हिलो सधै कायम रहन्छ । यस्ता सिमसार क्षेत्रहरुमा दुर्लभ चराहरुको पनि वासस्थान रहने गरेको छ । यस्ता सिमसार क्षेत्र हेर्दा अत्यन्त ओसिलो र दलदल भएकाले उत्ति मनमोहक र सुलभ नदेखिन सक्छन तर यस्तै सिमसार क्षेत्रहरुका जीवहरु, वनस्पती एवं माटोको संरचनाले पृथ्वीको फोहोर पानी र मिसिएका रसायनहरुलाई छानेर सफा र स्वच्छ बनाइदिने भएकाले यी क्षेत्रहरुलाई पृथ्वीको मृगौला पनि भनिन्छ ।

यसको राम्रोसँग हेरचाह सवद्र्धन र संरक्षणगर्न पछाडि पर्न हुँदैन । यसबाट नै पृथ्वी अनि यसमा वस्ने हाम्रो अस्तित्व कत्तिको सहज छ सजिलैसँग हेर्न सकिन्छ । यसका अलावा सिमसारले बाढी, पहिरो, अतिवृष्टी अनि अनावृष्टिलाई पनि प्राकृतिक सुरक्षण प्रदान गर्दछ । यसरी हाम्रो देशमा रहेको कैलालीके घोडाघोडी ताल लगायत कोशीटप्पु बन्यजन्तु आरक्ष, जगदिशपुर ताल, गोसाइँकुण्ड, विसहजारी ताल , माईपोखरी अनि पोखरा नगरीका नौ वटै तालहरु सिमसार क्षेत्रका प्रमुख उदाहरणहरु हुन् ।

तर बढ्दो शहरीकरण, अनियन्त्रित बसाइँ सराइ, जनसंख्या वृद्धि, भौतिक पूर्वाधारको निर्माणलगायतका क्रियाकलापले पनि सिमसार क्षेत्रको अस्तित्व सङ्कटमा पर्दै गएको देखिन्छ । भूमाफियाको चलखेलका कारण यस्ता क्षेत्र अतिव्रmमित हुँदै छन् भने जथाभावी रुपमा विकसित भएको आवास क्षेत्रका कारण कैयन् सिमसारयुक्त क्षेत्रको अस्तित्व नै लोप भएर गइसकेको छ । नेपालमा भएको सिमसारयुक्त क्षेत्रको अस्तित्व लोप हुनुको पछाडि राष्ट्रिय नीतिको पनि अभाव देखिन्छ । वन तथा भूसंरक्षण मन्त्रालयले सिमसार नीति निर्माण गरेको छ तर हालसम्म ऐन कानुन आउन नसक्दा सिमसार क्षेत्रको खासै व्यवस्थापन वैज्ञानिक ढङ्गले हुन नसकेको हो ।

यसर्थ वनजंगलको अतिव्रmमण, चुरे दोहन, भूमाफियाको जथाभावी जग्गा अतिव्रmमण, जथाभावी फोहोरमैला विसर्जन आदिका कारण हाम्रा सिमसार क्षेत्रहरू दिन-प्रतिदिन जोखिममा परेका छन् । अधिकांश जीवजन्तुले वन, घाँसेमैदान र पानी क्षेत्रवरपर बच्चा कोरल्ने, बासस्थान बनाउने, विचरण गर्ने भएका कारण यस्ता सिमसारलाई जैविक विविधताका कारण महत्वपूर्ण मानिएको हो । त्यसैले हामी सबैले यस्ता सिमसार क्षेत्रको संरक्षणमा विशेष जोड दिनुपर्दछ । नेपालमा भएका विभित्र ताल, नदी, पोखरी, छिपछिपे जमिनको संरक्षण गर्नका लागि विशेष नीति निर्माण गर्न अत्यावश्यक छ ।

त्यस्तै, यसका बारेमा व्यापकरुपमा खोज-अनुसन्धान गर्न पनि समयमा नै ऐन कानुन निर्माण गर्नु अपरिहार्य देखिन्छ । नेपाल जैविक विविधताका दृष्टिले धनी मानिए पनि यहाँका सिमसार क्षेत्रको संरक्षण नहुँदा र त्यसलाई व्यवस्थितरुपमा उपयोग गर्न नसक्दा एकातिर जैविक विविधतामा खतरा बढेको छ भने अर्कोतिर सिमसारसँग जोडिएका जैविक, सांस्कृतिक तथा धार्मिक महत्व पनि ओझेलमा पर्न पुगेका छन् ।

नेपालमा ६० हजार ५ सय ६१ हेक्टर जमिन सिमसारले ओगटेको पाइन्छ । त्यसैले यस्ता क्षेत्रको संरक्षण गर्ने हो र यससँग सम्बन्धित धार्मिक, साँस्कृतिक महत्वलाई बढीभन्दा बढी उजागर गर्ने अनि स्थानीय जनसमुदायलाई त्यसमा संलग्न गराउने हो भने पक्कै पनि सिमसार क्षेत्रको संरक्षण हुन्छ र यसलाई आयस्रोत वृद्धिको माध्यमका रुपमा पनि विस्तार गर्न सकिन्छ ।

अन्त्यमा भन्नुपर्दा जैविक विविधताका दृष्टिले महत्वपूर्ण मानिएका सिमसारलाई रामसार सूचीमा सूचीकृत गरिन्छ । नेपालले पनि सिमसारक्षेत्रका यिनै महत्वलाई आत्मसाथ गर्दै विसं २०५९ सालमा ल्याएको सिमसार संरक्षण नीतिलाई २०६९ सालमा परिमार्जन र स्वीकृती दिएको छ तथापि सिमसार क्षेत्रहरु जोखिममै छन् । कानुनको दायरा फराकिलो पार्दै अपराधीहरुलाई कानुनको कठघेरामा ल्याउन जरुरी छ ।

पृथ्वीको संरक्षण जरुरी छ नत्र मानव समुदायको अस्तित्व संकटमा छ । सिमसार क्षेत्रमा विभित्र प्रजातिका जीवजन्तु बसोबास गर्ने र विभित्र प्रकारका वनस्पतिसमेत पाइने हुँदा यस प्रकारको भूमिको संरक्षण गर्नु अत्यावश्यक ठहरिन्छ । सिमसार क्षेत्रमा विभित्र प्रकारका जीवहरू विचरण गर्ने तथा बास बस्ने भएका कारण सिमसार क्षेत्रको संरक्षण गर्दा त्यस्ता जीव तथा वनस्पतिको पनि संरक्षण हुन पुग्छ र वातावरण संरक्षणमा टेवा पुग्छ । दिगो इकोसिस्टमका लागि पनि यस्ता सिमसारको ज्यादै अहत्व हुन्छ ।

हाम्रो देशको लागि आफै सिमसार क्षेत्रको सरंक्षणकालागी अगाडि बढ्न जरुरी छ । यसैक्रममा पोखराका तालहरुलाई नै उदहारणमा लिउँ, वर्षदिन पिच्छे ताल खुम्चिदै अनि वस्ती बढ्दै गईरहेको छ, मान्छेले सहज आवासको खोजी गरेकाले पनि नेपालमा भू-अतिक्रमण बढ्दै गइरहेको छ र सिमसार क्षेत्र जोखिममै छ ।

समुदायका अगुवा अनि सरकार स्वयंले पनि आफू अनुकुल अनि ब्यवसाहिक नीतिहरु ल्याएर क्षणिक पैसा कमाउनका लागि दीर्घकालिन घाटा हुने कार्य गरिरहेको पाईन्छ, आउँदो पुस्तालाई एउटा सफा अनि सुरक्षित संसार दिएर जानु हामी सबैको कर्तव्य हो । वास्तवमा भत्रे हो भने मानविय विकासक्रमको अनि पूर्वाधारहरुको अविवेकी विकासक्रमले नेपालमा सिमसारक्षेत्र दिनपरदिन नाश हुने दुश्चक्रबाट ग्रसित रहेको छ । यी कुरा सबैले बुझ्नु पर्छ मानवको लागि पर्यावरण अति आवश्यक पर्छ त्यो जोगाउनु भनेको सिमसरलाई जोगाउनु हो ।