ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–१ सिनाममा आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन् ।
आगलागीबाट सिनामको पञ्चमी बजार नजिकैका दीपेन्द्र गिरी, टेकनाथ गिरी, शान्तिराम गिरी र दीपक गिरीका घर जलेर नष्ट भएका हो ।
आज दिउँसो भएको आगलागीमा पूर्णरुपमा जलेर नष्ट भएको स्थानीयवासी भीम थेबेले जानकारी दिए । उनका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सक्रियतामा दुई घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।