• मंसिर ११ २०८१, मंगलवार

युद्धमा कहिल्यै नहारेको नेपालले खेलमा पनि हार्नु हुँदैनः प्रधानमन्त्री ओली

माघ २० २०७७, मंगलवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जितका लागि अभ्यासलाई माथि उठाउन आवश्यक भएको जनाएका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आयोजना गरेको ‘खेलकुदसँग प्रधानमन्त्री’ अन्तरक्रिया कार्यक्रममा बोल्दै ओलीले कहिल्यै नहारेको नेपालले खेलकुदमा पनि हार्न नहुने जनाएका हुन् । उनले जितका लागि लेटेस्ट स्पोर्टस टेक्नोलोजी आवश्यक भएको उनले बताए ।

कहिल्यै उपनिवेश र कुनै युद्ध नहारेको नेपालले खेलकुदमा पनि हार्न नहुने तर्क गर्दै खेलकुदमा नेपाल किन पछाडि परेको छ भन्नेबारे मन्तव्य दिदै भने, ‘नेपाल कहिल्य उपनिवेश बनेन। यत्रा डल्ला फ्याँक्दा किन हार्ने ? किक्रेटमा किन हार्नु परेको छ ? तोप गोलासँग नहार्ने, लडाइ कहिल्यै नहार्ने परम्परा भए पनि खेलकुदमा हार्‍यो । एउटा कुस्ती हार्‍यौं,’ उनले भने।

उनले खेलमा ट्यालेन्ट छनोट सहि ठाँउमा हुनुपर्नेमा जोड दिएका छन् । उनले भने, ‘मलाई पोल जम्पमा पठाउनु भयो भने गल्ती हुन्छ। छनोटमा गल्ती हुनुहुन्न। ट्यालेन्ट छनोट हुनुपर्छ। इन्भेस्ट ठीक ठाउँमा गर्नुपर्छ। अनि राम्रो उत्पादन आउँछ ।’