दोलखाबाट काठमाडौ जाँदै गरेको अरनिको यातायात को बा ३ ख २७८९ नम्बरको बस लामोसाँघु जिरी सडकखण्डको एघारकिलोमा दुर्घटना भएको छ। दुर्घटनामा परी १९ जना घाइते भएका छन् ।
घाइतेहरुको खाडीचौरस्थित सिन्धु सदाबहार अस्पतालमा उपचार भैरहेको घाइतेमध्ये एकको अवस्था गम्भीर रहेकोले उनलाई थप उपचारको लागि काठमाडौं पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक प्रकाश सापकोटाले जानकारी दिए।
मंगलबार सवा एकमा दोलखाबाट काठमाण्डौ जाँदै गरेको यात्रुवाहक बस तीव्रगतिमा आएको र सडक छेउमा पल्टिएको स्थानीयले बताएका छन् । बसका चालक भने फरार छन्।