काठमाडौं । सरकारले विप्लव नेतृत्वको प्रतिबन्धित नेकपासँग वार्ताको प्रक्रिया अघि बढाउन थालेको बुझिएको छ । सत्तारुढ नेकपा विभाजन भएका बेला प्रधानमन्त्री केपी ओली विप्लव नेकपालाई शान्तिपूर्ण राजनीतिको मूल धारमा ल्याउने भन्दै वार्ताको प्रक्रिया अघि बढाउन सकारात्मक बनेको बताइएको छ ।
प्रधानमन्त्री ओली सकारात्मक भएपछि सरकारी पक्षले विप्लव पक्षसँग वार्ताको प्रयासबारे सूचना पुर्याएको बुझिएको छ । त्यसका लागि सरकारले आफूनिकट विभिन्न समूहलाई परिचालनसमेत गरेको छ ।
सरकारले छिट्टै वार्ता समिति बनाउने पनि तयारी गरेको छ । स्रोतका अनुसार, सरकारले विप्लव नेकपामाथि लगाएको प्रतिवन्ध समेत फुकुवाको तयारी गरिरहेको छ । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।