• बैशाख ११ २०८२, बिहीबार

उपप्रधानमन्त्री पोखरेल सवार गाडीमा ढुंगा प्रहार

माघ १९ २०७७, सोमबार

उपप्रधानमन्त्री ईश्वर पोखरेल सवार गाडीमा सोमबार ढुंगा प्रहार भएको छ । नेकपा ओली समूहको कार्यक्रमलाई सम्बोधन गर्न नुवाकोट पुगेका पोखरेलको गाडीमा सोमबार ढुंगा प्रहार भएको हो ।

नेकपा प्रचण्ड–माधव समूहका कार्यकर्ताले कालोझण्डा देखाएर उपप्रधानमन्त्री पोखरेलको गाडीमाथि आक्रमण गरेको र त्यस क्रममा केही बेर झडप भएको थियो । झडपमा केही प्रदर्शनकारी घाइते भएका छन् ।

कार्यक्रममा उपप्रधानमन्त्री सहित उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल लगायतका नेता सहभागी हुने बताइएको छ ।