• मंसिर ११ २०८१, मंगलवार

कोरोना विरुद्धको खोप दोस्रो चरणमा विद्यार्थी र शिक्षकलाई प्रबन्ध गर्न आग्रह

माघ १८ २०७७, आईतवार

काठमाडौं । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले कोरोना विरुद्धको खोप दोस्रो चरणमा विद्यार्थी र शिक्षकलाई प्रबन्ध गर्न आग्रह गरेको छ ।
सबै विद्यालयका विद्यार्थी, शिक्षक र कर्मचारीका लागि प्राथमिकताका साथ दोस्रो चरणमा खोप कार्यक्रमको प्रबन्ध गर्न आग्रह गरेको हो ।
महासंघका अध्यक्ष कृष्ण थापा र महासचिव गुणराज मोक्तानले विज्ञप्ति जारी गर्दै लामो समयदेखि बन्द रहेका विद्यालय पुनः सञ्चालन हुन लागेकाले सम्पूर्ण विद्यार्थी, शिक्षक र कर्मचारीलाई खोपको कार्यक्रम मिलाउन आग्रह गरेका हुन ।
सो क्रममा महासंघले विद्यालय तहमा आवश्यक सहजीकरण गर्ने पनि जनाएको छ ।