काठमाडौँ।नेपाली कांग्रेसका १३ वटै भातृ संस्थाहरूले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्धको आन्दोलनमा सहभागी हुन आपिल गरेका छन्। माघ १९ गते सोमबार सबै भातृ संस्थाहरुले ७७ जिल्लामा एकसाथ प्रदर्शन गर्ने तयारी गरिएको बताउँदै उनीहरुले सो विरोधमा सहभागिताका लागि आपिल गरेका हुन्।
“संसद विघटन मार्फत सर्वसत्तावाद उन्मुख कदम, चरम भ्रष्टाचार, कुशासन, कोभिड विरुद्धको संघर्षमा देखिएको अकर्मण्यता, जनसरोकारका बिषयमा सरकारी उदासिनता यी समग्र मुद्दालाई अघि सारेर हुने भोलिको प्रदर्शनमा सहभागी बन्न देशभरका हाम्रा सबै सदस्य, समर्थक, शुभचिन्तक एवं समस्त जनसमुदायमा हामी हार्दिक आग्रह गर्दछौं ।” जारी विज्ञप्तिमा भनिएको छ ।