• मंसिर १२ २०८१, बुधबार

प्रचण्ड र माधव नेपाल माइतीघरधर्नामा सहभागी हुने

माघ १८ २०७७, आईतवार

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध माइतीघरमा साताव्यापी धर्ना दिइरहेको प्रचण्ड-माधव समूहको आजको धर्नामा अध्यक्षद्वय प्रचण्ड र माधव नेपाल सहभागी हुने भएका छन् । उपत्यकाबाहिर प्रदेशस्तरमा आमसभा गरेर फर्के लगत्तै प्रचण्ड र नेपाल धर्नामा सभागी हुन लागेका हुन्।
यही माघ १४ गतेदेखि जारी धर्नामा प्रचण्ड -माधव समूहका प्रतिनिधिसभा सांसद, प्रदेश सांसदहरु सहभागी हुदै आएका छन्।

धर्नामा सहभागी हुन आज मध्याह्न १२ बजे अध्यक्षद्वय माइतीघर जाने प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।