काठमाडौँ। देशभर १०९ जना कोरोना सङ्क्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा तीन हजार ६१८ जनाको पीसीआर परीक्षण गरिएकोमा १०९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। योसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ७० हजार ८५४ पुगेको छ । यस्तै देशभर सक्रिय संक्रमितको संख्या दुई हजार ७७९ रहेको छ।
यस्तै पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट ३५० जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या दुई लाख ६६ हजार ४८ पुगेको छ । नेपालमा कोरोना निको हुनेको प्रतिशत ९८.२३ भएकाे छ
यसैगरी पछिल्लो २४ घण्टामा दुईजनाकाे मृत्यु भएकाे भएको छ। । याेसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार २७ सङ्क्रमितकाे पुगेको छ ।