धनुषा । मिथिला नगरपालिकाबाट घुससहित नेपाल विद्युत प्राधिकरणका चारजना कर्मचारी पक्राउ परेका छन् । सेवाग्राहीसँग पाँच हजार घुस रकम लिँदै गरेको अवस्थामा शुक्रबार उनीहरु पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा प्राधिकरण सखुवा वितरण केन्द्र महेन्द्रनगर अन्तर्गत ढल्केबर फ्युज सेवामा कार्यरत सुपरभाइजर जगतनारायण साह, इलेक्ट्रिसियन यमकुमार महतो, ज्यालादारी प्राविधिक नवलकिशोर राउत र दोस्रो तहका करार कर्मचारी मनोहरकुमार महतो छन् ।
उनीहरुले रन्जितकुमार महतोको पोल्ट्री फार्ममा नयाँ मिटर जडानका लागि पाँच हजार रुपैयाँ घुस लिएको अख्तियारले जनाएको छ ।